तपाईँको ऋण कति ? प्रत्येक नेपालीलाई २० हजार ऋण

0 13

३० चैत, काठमाडौ । आर्थिक वर्ष २०७०/७१ सम्म प्रत्येक नेपालीको टाउकोमा २० हजार ६९ रुपैयाँ ऋण भार पुगेको छ । चालु वर्ष असारसम्ममा प्रतिब्यक्ति ऋण दायित्व गत वर्षभन्दा करिब ३६.३२ रुपैयाँले थपिएको हो ।

महालेखा परीक्षकले आइतबार सार्वजनिक गरेको ५२ औं वाषिर्क प्रतिवेदनमा सरकारको आन्तरिक र बाहृय ऋण थपिँदै गएकाले प्रतिब्यक्ति ऋणभार बढेको नागरिक उल्लेख गरिएको नागरिक दैनिकमा खबर छ ।

केन्द्रीय तथ्यांक विभागका अनुसार कुल २ करोड ७५ लाख जनसंख्याको आधारमा ऋणभार थपिएको उल्लेख छ । उक्त आवसम्म सरकारको कुल ऋण दायित्व ५ अर्ब ५३ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ ।

प्रतिवेदन अनुसार आन्तरिक ऋण २ खर्ब ६ अर्ब ६८ करोड ८६ लाख र वैदेशिक ऋण ३ अर्ब ४६ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । उक्त ऋण आव २०७०/७१ को कुल ग्राहस्थ उत्पादन (चालु मूल्यमा) १९ खर्ब २८ अर्बको तुलनामा २८.७० प्रतिशत रहेको छ ।

प्रतिवेदनअनुसार उक्त आवसम्म सरकारी कार्यालयको बेरुजु ४३ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । कुल बेरुजुमध्ये सरकारी कार्यालयहरुको ३७ अर्ब ४० करोड ५७ लाख र संगठित संस्था एवम् समितिको ६ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ पुगेको महालेखाले जनाएको छ ।