परासीमा बस पल्टियो, ३३ घाइते एकको अवस्था गम्भीर

0 15

२९ चैत, परासी ।

नवलपरासीको देवचुली नगरपालिका १५ धौलागिरी चोकमा आज विहान भएको सवारी दुर्घटनामा परि ३३ जना घाईते भएका छन जसमा एक जनाको अवस्था गम्भिर रहेको छ ।

गम्भिर घाईते हुनेमा कुमारवर्ती ७ का ५० वर्षिय श्रीबल्लभ न्यौपाने रहेको ईलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।कोल्हुवाबाट पोखराकालागी हिडेको ना ३ ख ५२,२७ नम्बरको बसको अगाडिको पग्राां फुत्किँदा बस पल्टेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

गम्भिर घाईत न्यौपानेलाई भरतपुर अस्पतालमा उपचार भैरहेको छ भने अरु घाईतेहरुको उपचार स्थानीय देवचुली अस्पतालमा भईरहेको प्रहरीले जनाएको छ ।

f