श्रीमानसँगको रिसमा आफैलाई जलाउन खोज्दा छोराको ज्यान गयो, आमा घाइते

0 12
राजविराज : श्रीमानसँग रिसाएर सदरमुकाम राजविराजकी एक महिलाले काखे छोरासहित आत्मदाह प्रयास गर्दा छोराको मृत्यु भएको छ भने आमा गम्भिर घाइते भएकी छन् ।
भाईबुहारीलाई बंगलादेश पढाउन र आफुलाई रोजगारका लागि दुबई जान घर बन्धकी राखेर ऋण निकाल्न प्रकाश साह बैंक गएका बेला उनकी श्रीमति २१ वर्षीया सकुन्तला साहले राजविराज ५ स्थित घरमा काखे छोरासहित शरिरमा मट्टितेल खन्याई आगो लगाएकी
देखेपछि सोही घरमा डेरा लिई बसेकी विद्यार्थी चन्द्रप्रभा यादवले होहल्ला गरेपछि जुटेका रजनीश ठाकुर, बिनोद मण्डललगायतका छिमेकीहरुले ढोका तोडेर घाइतेलाई अस्पताल पुर्‍याएका थिए।
वैदेशिक रोजगारमा दुबई बसेर आएका श्रीमान् प्रकाशलाई पुन दुबई जानबाट उनले रोक्दै आएकी थिइन् प्रकाशका भाईबुहारीलाई बंगलादेश पढनका लागि घर बन्धकी राखेर बैंकबाट ऋण निकाल्ने कुराको समेत विरोध गर्दै आएकी सकुन्तलाले अन्ततः श्रीमानले दुबै कुरा नमानेपछि आत्मदाहको बाटो रोजेको परिवारका सदस्यले बताएको छ।
जेठी श्रीमतिले छाडेर गएपछि पाँच वर्ष अघि प्रकाशले नकटी रायपुर ३ पिपराहीकी सकुन्तलासँग विवाह गरेका थिए। जेठी श्रीमतितर्फ प्रकाशको १३ वर्षीय छोरा प्रभाकर छन्।

– Source : Annapurnapost