चौकीमा थुन्छौं भन्दै बर्दीमै बलात्कार

0 15
धुलिखेल : राती दस बजिसकेको थियो। सिविनको आश्रयस्थलबाट भागेका तीन किशोरी पनौती बसपार्कमा सहारा खोज्दै थिए। कहाँ जाने, उनीहरू अलमलमा थिए।
डियुटीमा रहेका प्रहरी देखेपछि उनीहरू झन् आत्तिए। प्रहरी हवल्दार शम्भुराज राउन एैर र जवान श्रीमराम शाले ठूलो स्वरमा सोधे, ‘ए केटीहरू, राती तिमीहरु कता हिडेको हो ?’ उनीहरूले पिकनिक गएर आएको भने। ‘राती हिड्न मिल्दैन, तिमीहरूलाई चौकीमा थुन्नुपर्छ, प्रहरीले यसरी ध काउन थालेपछि उनीहरू निकै डराए।
ड्युटीमा बसेका प्रहरीले चौकीमा लगेर थुन्ने भन्दै धम्क्याए पछि  प्रहरीले भनेको कुरा मान्न आफूहरू तयार भएको किशोरीले बताएका थिए। बलात्कारपछि उम्किएका किशोरीहरू काठमाडौंको ठमेल पुगेका थिए। हराएका बालिका खोज्दै सिविन काठमाडौं पुगेको थियो। काठमाडौंको ठमेलमा फेला परेका किशोरीलाई कहाँ, कहाँ गयौ भनेर सोध्दा उनीहरूले सिविनलाई आफूहरूमाथि भएको सबै घटना बताएका थिए।
मंगलबार राति प्रहरी हवल्दार एैर र जवान शाह राति १० बजेबाट ड्युटीमा पनौती बसपार्कमा बसेका थिए। किशोरीमाथि बलात्कारको घटना शुक्रबार मात्रै बाहिर आएको थियो। घटना बाहिर आए लगत्तै जिल्ला प्रहरी कार्यालय काभ्रेले बलात्कारमा संलग्न दुवै प्रहरीलाई शुक्रबार नै पक्राउ गरी आवश्यक कारवाही अघि बढाएको थियो। पक्राउ परेका दुवैलाई निलम्बन गरिएको जिल्ला प्रहरी प्रमुख एसपी पुजा सिंहले जानकारी दिइन्।
उनले घटनाको बारेमा जानकारी आएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार केसीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको जानकारी दिइन्। छानविनका क्रममा उनीहरू दुवै दोषी देखिएपछि पक्राउ गरी निलम्बन गरी हिरासतमा राखिएको छ। उनीहरूलाई आइतबार जवर्जस्ती करणीमा मुद्दा दायर गरी कारबाही अघि बढाइने एसपी सिंहले बताइन्।

– Source : Annapurnapost