तहलका मच्याउने तयारीमा चलचित्र रेशम फिलिली

0 20

चलचित्र लुटको सफलता पछि निर्माता माधव वाग्लेले निर्माण गरेको चलचित्र रेशम फिलिली नयाँ वर्षको सुरुवात सँगै बजारमा तहल्का मच्याउने तयारीमा रहेको छ।

मधेसी र पहाडी दुई युवाले बेरोजगारका कारण आफ्नो गाउँमा खानु परेको हन्डरलाई समेटेर निर्माण गरिएको यो चलचित्र समसामायिक बनेकाले दर्शकहरुले रुचाउने निर्माता वाग्लेको दाबी छ। गरिब परिवारलाई एक छाक मिठोमसिनो खुवाउने सपना बोकेर ऋण लिएर विदेश जान खोज्दा पनि दलालको पन्दामा परेर परेर ठगीएको कथाबस्तुलाई देखाउन खोजीएको छ।

बैशाख ११ गतेदेखि रिलिजको प्रखाईमा रहेको यो चलचित्रको पारिपट्टी डाँडाँमा घाम लाग्यो घमाइलो बोलको गीतले भने अहिले बजार तताइ रहेको छ। गीतले बजार तताए जस्तै चलचित्रले पनि दर्शकको मन जित्ने निर्माता वाग्लेको अपेक्षा छ। अरुलाई दुख पर्दा समाजमा हाँस्ने प्रवृतीलाई रोमाञ्चक तरिकाले यो चलचित्रमा प्रस्तुत गरिएको निर्माता निर्देशक बताउछन्।

म्युजीक भिडियोको निर्देशन गर्दै आएका प्रणव जोशीले निर्देन गरेको यो चलचित्रमा विनय श्रेष्ठ, मेनुका प्रधान, कामेश्वर चौरासिया, शिशिर वाङदेल लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रमा निर्देशक जोशीकै कथा तथा कालीप्रसाद बास्कोटाको संगीत तथा बाबु श्रेष्ठको छायांकन रहेको छ।