गरिवीबाट गुज्रिएका लेखक, जसले सेक्सपियर बन्न दुई करोड खर्चेर सर्जरी गरे

0 9

PAY-MAIN-Zhang-Yiyi

३४ बषिर्य चिनियाँ लेखक झाङ यीयीका आर्दश लेखक हुन् विलियम सेक्सपियर । उनलाई विलियमका किर्ति मात्र हैन, आकृति पनि बबाल लाग्छ । सानैदेखि उनको सपना थियो- सेक्सपियर जस्तै ठूलो लेखक बन्ने ।

कालान्तरमा उनी लेखक बने, राम्रै सफलता र स्याबासी पनि पाए । तर, उनलाई त्यतिले मात्र चित्त बुझेन् ।

सेक्सपियर बन्ने उनको सानैदेखिको सपना साकार पार्न उनले कस्मेटिक सर्जरीको सहारा लिने निर्णय गरे । पछिल्लो केही महिनाको अबधिमा मात्र उनले ओंठ, नाक, आँखा लगायत बिभिन्न अंगको गरी १० पटकसम्म सर्जरी गरिसकेका छन् ।

अब उनी करिव-करिव सेक्सपियरजस्तो देखिन थालिसके । मात्रै एउटा समस्या- सेक्सपियरको जस्तो तालु बनाउन सकेका छैनन् ।

यीयीको जीवन कथा पनि अनौठो छ । उनले बाल्यकाल निकै अभावमा बिताए । उनका बाबुले ब्यबसायमा घाटा खान थालेपछि परिवार ऋणमा डुब्दै गयो । पढ्ने उमेर उनी सधै ऋणको बोझले थिचिए । गरिवीकै कारण उनले बिश्वबिद्यालय शिक्षा पुरा गर्न पाएनन् ।

बाबु टाट उल्टिए पनि उनले संर्घष गरेर केही बर्षमै सफल लेखकको रुपमा नाम दर्ज गर्न सफल भए । जब उनी बर्षौदेखिको ऋणको भारी थाप्लोबाट हटाउन सफल भए, तब बाल्यकालदेखिको शौख पुरा गर्ने धाउन्नमा लागे ।

उनले झण्डै २ लाख २५ हजार अमेरिकी डलर अर्थात करिव २ करोड २५ लाख रुपैयाँ खर्च गरेर आफ्नो अनुहार सर्जरी गराए र सेक्सपियर जस्तै देखिन थाले ।

अहिले पनि उनले लेखेका कितावबाट आउने रोयल्टीको केही हिस्सा उनी कस्मेटिक सर्जरीका लागि खर्च गर्छन् । केही महिनाअघि उनको तस्वीर चिनियाँ सामाजिक संजालमा भाइरल भएपछि उनलाई कतिले ‘बर्षकै सवैभन्दा ठूलो मूर्ख ब्यक्ति’  भने त कतिपयले उसको तृष्णालाई सलाम गरे ।

यीयी भन्छन- जिन्दगी भनेको जहिले पनि प्रगतिका लागि हो, मैले राम्रो मानिस गर्न जति खर्च गरेँ, त्यो धेरै ठूलो कुरा हैन् ।’