ट्रकले ठक्कर दिँदा स्कूटर चालकको मृत्यु

0 14

२९ चैत, भैरहवा । लुम्विनीमा बसलाई ओभरटेक गरेर आएको ट्रकले ठक्कर दिँदा स्कूटर चालकको मृत्यु भएको छ ।

बा १ ख ५९५४ नम्बरको ट्रकले ठक्कर दिँदा लु ८ प ५०३४ नम्बरको स्कूटर चालक अन्दाजी ३५ वर्षका पहाडी मुलका व्यक्तिको मृत्यु भएको हो । उनको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

हात्तीवनगाइ एक स्थित भैरहवा लुम्बिनी सडक खण्डमा पश्चिम तर्फ गइहेको यूपी ६२ एपी २९२९ नम्बरको बसलाई ओभरटेक गर्नखोज्दा ट्रकले सोही दिशातर्फ गइरहेको स्कूटरलाई ठक्कर दिएको थियो ।

दुर्घटनापछि केहीबेर सडक अवरुद्ध भएपनि अहिले सुचारु भएको छ । दुर्घटनाग्रस्त तीन सवारी साधन तथा सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।