गाविस सचिव कार्यालयभित्रै मृत भेटिए

0 12

२९ चैत, लहान । सप्तरीको बसबिट्टी गाविसका सचिव नवीनकुमार राई आइतबार विहान कार्यालयभित्रै मृत फेला परेका छन् ।

बिहान कार्यालय पुगेका गाविस कार्यालयका प्राविधिक सहायकले सचिव राईलाई कार्यालयभित्रै मृत अवस्था देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

खोटाङको विजयखर्क गाविस-८ निवासी २९ वर्षीय राई राति कार्यालयमै सुतेका थिए ।

उनको मृत्युको कारणबारे केही खुल्न सकेको छैन । तर अत्यधिक मादकपदार्थ सेवनका कारण उनको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । कार्यालयभित्र बान्ता गरेको र शरीरमा कुनै किसिमको चोटपटक नदेखिएको प्रहरीले जनाएको छ ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल पठाइएको छ ।

राई विगत एक डेढ वर्षदेखि सो कार्यालयमा कार्यरत थिए ।

– See more at: http://www.onlinekhabar.com/2015/04/264855/#sthash.s4UZNQvE.dpuf