२ राप्रपा एकता अन्तिम चरणमा

0 12

९ चैत, काठमाडौं ।
राप्रपा नेपाल र राप्रपाले पार्टी एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् । गणतन्त्र र संघीयता विरोधी राप्रपा नेपाल तथा गणतन्त्र र संघीयता पक्षधर राप्रपाले तेस्रो चरणको वार्तापछि एकीकरणको अन्तिममा पुगेको बताएका हुन् । दुई दलको वार्ता टोलीबीच पार्टी एकीकरणका विषयमा आइतबार सिंहदरबारमा तेस्रो चरणको छलफल भएको छ । दुवै दलका नेताले छलफलमा धेरै विषयमा सहमति भएको दाबी गरेका छन् ।

राप्रपा र राप्रपा नेपालले एक महिना अघिबाट पार्टी एकीकरण प्रक्रिया अगाडि बढाएका थिए । एकीकरण प्रक्रियालाई मूर्त रुप दिन दुवै पार्टीका वार्ता समितिले तीन साता पहिले सैद्धान्तिक र प्राविधिक उपसमिति समेत गठन गरेका थिए ।

दुवै उपसमितिले आ आफ्नो काम टुंग्याइसकेको वार्ता समितिका संयोजकहरुले बताएका छन् । राप्रपा नेपाल र राप्रपामा पंचायती पृष्ठभूमिका नेताहरु छन् । राप्रपा नेपाल ८ वर्ष पहिले राप्रपा टुक्रिएर गठन भएको पार्टी हो ।