मधेशी दलसँग कुनै हालतमा सहमति हुँदैनः केपी ओली

0 9

२९ चैत, काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश सीमांकनका विषयमा मधेश केन्द्रित दलहरुसँग कुनै पनि हालतमा सहमति नहुने बताएका छन् । नेपाल निजामती कर्मचारी संगठनको आइतबार काठमाडौमा सुरु १५ औं केन्द्रीय परिषद् बैठक उद्घाटन गर्दै अध्यक्ष ओलीले लाखौं पटक वार्ता गरेपनि झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरलाई पहाडी जिल्लामा समावेश नगरी प्रदेश बनाइनुपर्ने मधेस केन्द्रित दलको मागमा आफू कुनै हालतमा सहमत नहुने स्पष्ट पारे ।

अध्यक्ष ओलीले तराईका पाँच जिल्लालाई पहाडी जिल्लाबाट अलग राखेर प्रदेश बनाउन गरिएको प्रस्ताव नै रहस्यमय रहेको टिप्पणी गरे । संघीयताको विषयमा रहेको विवाद् थाँती राखेर भएपनि संविधानसभाले संविधान जारी गर्ने उनको पूर्ववत् भनाइ छ ।
-Source:-Nepali Headlines