संरक्षण गृहका दुई किशोरी प्रहरीद्धारा बलात्कृत

0 9

पनौतीको सडकमा हिडिरहेका दुई किशोरीमाथि प्रहरीले बलात्कार गरेको खुलासा भएको छ।

पनौतीको सडकमा हिडिरहेका दुई किशोरीमाथि प्रहरीले बलात्कार गरेको खुलासा भएको छ।

सिविन बालिका शान्तीगृहबाट भागेका १५ र १७ बर्षीया किशोरीलाई पनौती बसपार्कको प्रहरी बिट छेउमा प्रहरी हवल्दार शम्भु राउत अहिर र प्रहरी जवान श्रीराम साहले बलत्कार गरेका हुन्। काभ्रे प्रहरीले हवल्दार राउत र जवान साहलाई शुक्रबार पक्राउ गरी हिरासतमा राखेको छ। काभ्रे प्रहरी प्रमुख प्रहरी उपरिक्षक एसपी पूजा सिंहले आइतबार जबरजस्ती करणी मुद्दामा म्याद थप पश्चात अनुसन्धान गरिने बताइन्।

गत चैत २५ गते राती प्रहरी साढे १० बजे राति सिविनको शान्ति गृहबाट तीन किशोरी भागेका थिए। उनीहरु भाग्दै पनौती बसपार्क पुगेका थिए। सडकमा लठ्ठी बोकेर बसेका प्रहरीले तीन किशोरीलाई रोकेर सोधपुछ गर्न थाले। उनीहरुले किशोरीलाई पक्राउ गरेर प्रहरी चौकी लैजाने भन्दै धम्क्याएको स्रोतले बतायो। स्रोतका अनुसार यौनसम्पर्क राख्न दिने भए नपक्रिने भन्दै प्रहरीले ति किशोरीलाई धम्क्याएका थिए।

बालिकाले जे सुकै गर्नु तर प्रहरी चौकी नलैजानु भनेको एक प्रहरी अधिकारीले बताए। तीनमध्ये एक जनालाई छाडेर बाँकी दुई जनालाई बलात्कार गरेको उनको भनाइ छ। भागेकी अर्की किशोरी सडक किनारमा उभ्याइएकी थिईन्।