औषधिको अनुगमन गर्न गएका कर्मचारी व्यवसायीको मदिरा पार्टीमा मस्त औषधिको अनुगमन गर्न गएका कर्मचारी व्यवसायीको मदिरा पार्टीमा मस्त

0 10

औषधि पसल अनुगमन गर्न औषधि व्यवस्था विभागबाट खटिएका कर्मचारी पसले र व्यवसायीले दिएको मदिरा पार्टीमा मस्त भएको पाइएको छ।

औषधि पसल अनुगमन गर्न औषधि व्यवस्था विभागबाट खटिएका कर्मचारी पसले र व्यवसायीले दिएको मदिरा पार्टीमा मस्त भएको पाइएको छ।

दमौलीका औषधि पसल अनुगमनका लागि आएका कर्मचारीले अनुगमनको अघिल्लो रात बिहीबार औषधि व्यवसायीसँग बसेर भोज खाएका हुन्। अनुगमनमा आएका कर्मचारीलाई व्यवसायीहरूले मदिरासहितको भोज दिएको सूचना पाएपछि जिल्ला प्रशासन कार्यालयले सत्यतथ्य बुझ्न प्रहरी टोली खटाएको अन्नपूर्ण पोस्टमा खबर छ।

टोलीले विभागका मेडिकल अधिकृत पदमप्रसाद पौडेल र भूपेन्द्र पौडेललाई औषधि व्यवसायी खेम थापा, दयाराज पाण्डे र दामोदर भण्डारीसँग बसेर होटेलमा मदिरा सेवन गरिरहेको अवस्थामा भेट्टाएको थियो। स्रोतका अनुसार औषधि पसल शनिबार अनुगमन गर्ने तयारीसहित विभागका कर्मचारी शुक्रबार राति दमौली बास बस्न आएका थिए। दमौली आएको खबर ती कर्मचारीले केही व्यवसायीलाई गरेका थिए।

खबर पाएपछि थापा मेडिकलका थापा, विश्वास मेडिकलका पाण्डे र निष्ठा फार्मेसीका भण्डारी कर्मचारीलाई भेट्न उनीहरू बसेको गण्डकी रिभर भ्यु होटेल पुगेका थिए।