दुई अर्ब नदिए लोडसेडिङ बढाउने प्राधिकरणको चेतावनी

0 11

२९ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतबाट विद्युत् आयात गर्दाको मूल्यान्तर रकम नदिए लोडसेडिङ बढाउने धम्की दिएको छ ।

भारतबाट २ सय ५० मेगावाट विद्युत आयात गरिरहेको प्राधिकरणले आयात गर्दाको मूल्यान्तर २ अर्ब रुपैयाँ नदिए लोडसेडिङ बढाउने धम्की दिँदै शुक्रबार अर्थ मन्त्रालयलाई पत्र पठाएको राजधानीमा खबर छ ।

उर्जा मन्त्रालयमार्फत पठाइएको पत्रमा १५ दिनभित्र मूल्यान्तर बढाउनुपर्ने अवस्था सिर्जना हुने उल्लेख गरिएको छ । सरकारले तीन वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने मूल आधार भारतबाट विद्युत आयातलाई मान्दै आएको छ ।

तर, विद्युत आयात थप गर्नुपर्ने प्राधिकरणले सरकारले मूल्यान्तर रकम नदिए विद्युत आयात कटौती गर्ने पत्रसँगै सरकारको योजना असफल हुने अवस्था सिर्जना भएको छ ।