वागमतीलाई मानव साङ्ग्लोमा यसरी बाँधियो (भिडियोसहित)

0 9

२८ चैत, काठमाडौ । वागमती सफाइ अभियान थालिएको एक सय हप्ता पुगेको अवसरमा आज वागमतीमा मानव साङ्लो बनाइएको छ ।

वागमती सफाइमा एेक्यबद्धता जनाउन भन्दै सुन्दरीजलदेखि चोभारसम्मको २८ किलोमिटर लामो वागमती नदी किनारमा मानव साङ्लो बनाइएको हो । वागमतीको दुवै किनारामा साङ्लो बनाइ ‘वागमती सफा छ, अब फोहर गरिने छैन’ भन्ने सन्देश दिइएको हो ।

वागमतीसरसफाइ अभियानका क्रममा प्रधानमन्त्री कार्यालयका पूर्व सचिव कृष्णहरी बास्कोटाको सक्रियता प्रारम्भदेखि नै थियो भने मुख्यसचिव लिलामणि पौडेल पनि वागमती सफाइ अभियानमा सक्रिय छन् ।

वागमती सफाइअभियानमा विभिन्न समयमा विभिन्न नेताहरुको पनि सहभागिता रहृयो । पूर्व प्रधानमन्त्री तथा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता डा.बाबुराम भट्टराईको सक्रियता पनि उल्लेख्य रह्यो ।

वागमती सफाइको अहिलेसम्मको अभियानमा सहभागिता नजनाएका राजनीतिक दलका शीर्ष नेताहरुले पनि मानव साङलोमा सहभागिता जनाएर बाग्मती सभ्यतालाई जोगाई राख्ने प्रण गरेका छन् । प्रधानमन्त्री सुशील कोइरालादेखि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु मानव साङलोमा बाँधिए ।

प्रधानमन्त्री सुशील कोइराला तीलगंगास्थित वागमती नदी किनारमा सहभागी भए भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली थापाथली, कांग्रेस उपसभापति रामचन्द्र पोडेल सानेपामा, एमाओवादी वरिष्ठ नेता डा.बाबुराम भट्टराई बाग्मती पुल छेउ सहभागी भए ।

Bagmati safai (3)

यस्तै, प्रधानन्यायाधीश रामकुमार प्रसाद साहसहितको टोली पशुपति तिलगंगा तथा संविधानसभा अध्यक्ष सुभाष नेम्वाङ् र प्रमुख सचेतकहरु थापाथली-कुपण्डोलमा सहभागिता जनाए ।

बाग्मती सफाइ अभियानमा  प्रारम्भदेखि नै सेना, प्रहरी, विद्यार्थी तथा स्थानीय टोल सुधार समितिले सक्रिय सहभागिता जनाउँदै आएका छन् । सफाइ अभियान थालिएपछि नदीमा फोहर फाल्ने कार्यमा कमी आएको छ भने बाग्मती सफा देखिन थालेको छ ।

यद्यपि केही स्थानमा बाग्मतीमा सिधै ढल मिसाइएकोले नुहाइधुवाइका लागि योग्य हुन नसकेको वातावरणविज्ञहरु बताउँछन् ।

khola  (1)

khola safai (4)

Bagmati-Safai-(11)

khola  (2)

Bagmati safai (4)

Bagmati safai (5)

Bagmati safai (8)

Bagmati safai (10)

Bagmati safai (12)

Bagmati safai (14)

Bagmati safai (16)

Bagmati safai (19)

Bagmati safai (22)

Bagmati safai (25)

Bagmati safai (26)

Bagmati safai (27)

Bagmati-Safai-(5)

Bagmati-Safai-(6)

Bagmati-Safai-(9)

Bagmati-Safai-(12)

source : Onlinekhabar