बसको ठक्करबाट युवकको मृत्यु

0 19

२८ चैत, दाङ । दाङमा बसको ठक्करबाट एक युवकको मृत्युभएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत दाङ सडकखण्डको सतबरीष ६ स्थित भौकामा बसको ठक्करले पैदलयात्री २८ वर्षका इस्रात चौधरीको मृत्यु भएको हो ।

रिहारबाट लमहिका लागि छुटेको रा १ ख ४५१ नम्बरको बसेले चौधरीलाई ठक्कर दिएको थियो । उनलाई उपचारका लागि लैजानेक्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।