आईपीएलमा राजस्थानको विजयी सुरुवात

0 8

२८ चैत, काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा राजस्थानले रोयल्सले विजयी सुरुवात गरेको छ ।

शुक्रबार राति भएको खेलमा राजस्थानले किङ्ग्स इलाभेन पन्जाबलाई २६ रनले पराजित गरेको छ ।

राजस्थानले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १६२ रन बनायो । उसका लागि जेम्स फल्कनरले ४६ रन बनाए भने स्टिभ स्मिथले ३३ र दिपक हुड्डा ३० रन जोडे ।

अनुरीत सिंहले पञ्जाबका लागि ३ विकेट लिए ।

जवाफमा पञ्जाबको सुुरुवात खराब रह्यो । वीरेन्द्र सहवाग पहिलो बलमै आउट भए । मुरली बिजयले पारी सम्हाल्ने कोशिश  गरे । तर, उनी पनि व्यक्तिगत ३७ रन जोडेर आउट भए ।

पञ्जाबले लगातार विकेट गुमाइरह्यो र २० ओभरमा ८ विकेट गुमाएर १३६ रन मात्र जोड्न सक्यो ।  अक्षर पटेल र बेलीले २४/२४ रन बनाए । डेभिड मिलरले २३ रन जोडे ।

फल्कनरले ३ विकेट लिए । उनी म्यान अफ दि म्याच बने ।

You might also like More from author