फोहोर नफाल्ने संस्कार बसेपछि मात्र बागमती सफा हुन्छ : प्रचण्ड

0 29

२८ चैत, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बागमतीमा फोहोर नगर्ने संस्कार नबसेसम्म बागमती सफाइ नहुने बताएका छन् ।

बागमती सफाइको सय हप्ता पुगेको अवसरमा मानव साङ्लोसहित सफाइमा सहभागी भएका प्रचण्डले बागमती सफाइसँगै फोहोर नफाल्ने सन्देश पनि जगाउनुपर्ने बताए । ढल नरोकेसम्म बागमती सफा नहुने प्रचण्डको भनाइ छ ।

बागमती सफाइ अभियानले एकताको नयाँ सन्देश ल्याएको भन्दै प्रचण्डले यसले राजनीति फोहोरलाई पनि सफा गर्न राम्रो सन्देश दिएको बताए ।

आजको एकता राजनीतिक गतिरोध अन्त्य गर्नका लागि दिइएको सन्देश भएको भन्दै प्रचण्डले राजनीतिक दलले पनि नयाँ पाठ सिक्नुपर्ने बताए ।

प्रचण्ड तीनकुनेस्थित बागमतीको पुलमुनि पुगेका थिए । प्रचण्डसँगै एमाओवादी नेताहरु डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठलगायतका नेताहरुको सहभागीता रहेको थियो ।

– Source : onlinekhabar