जाजरकोटमा अज्ञात रोगले १० को मृत्यु

0 11

२८ चैत, जाजरकोट । पहिचान हुन नसकेको रोगको प्रकोपबाट जाजरकोटमा मृत्यु हुनेको संख्या १० पुगेको छ । मृतकमध्ये आठजना एकै गाउँका छन् । सयौं विरामी परेका छन् । एक सातादेखि गाउँ-गाउँमा रोग फैलिन थालेपछि जिल्लावासी त्रासमा बाँचेको नयाँ पत्रिकामा खबर छ ।

मृत्यु हुनेमा पैंक गाविस-६ का जैसरी रोकाया, लक्ष्मी रोकाय र धनबहादुर रोकाया, सोही गाविस ५ का खम्बबहादुर नेपाली र बीरबहादुर रोकाया, ३ की जैरुपा उपाध्याय, ४ की कल्दरी रोकाय र २ का तिलक गिरी रहेको जनता उच्च माविका शिक्षक मोहन शाहीले बताए ।

त्यस्तै, अर्छानी र नायकवाडा गाविसमा एक-एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।