कोरियासँग श्रम सम्झौता नवीकरणमा ढिलाइ

0 14

२८ चैत, दक्षिण कोरिया । नेपाल र दक्षिण कोरियाबीच भएको श्रम सम्झौताको अवधि सकिएको छ नौ महिना बितिसक्दा पनि नवीकरण कहिले हुने भन्ने अझै टुंगो लागेको छैन् । कामदार आपूर्तिबारे जारी प्रक्रियामा व्यवधान खडा नहुने हुँदा दुईतर्फबाट नै ढिलाइ हुँदै आएको अन्नपूर्ण पोस्टमा खबर छ ।

गत जुन २९ मा सम्झौताको अवधि सकिएको हो । अवधि सकिए पनि दुई वर्षसम्म प्रक्रियालाई कुनै असर नगर्ने व्यवस्था छ ।

नेपाल र कोरियाबीच सन् २००७ जुलाई २३ मा श्रम सम्झौता भई २००८ देखि नेपाली कामदारको ईपीएस मार्फत कोरिया प्रवेश सुरु भएको हो ।