बन्द रहेको कुमारी हल संचालनमा

0 11

खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल बजारमा लामो समयदेखि बन्द रहदै आएको ‘कुमारी चलचित्र भवन’ फेरि संचालनमा आउने भएको छ । वैशाख १ गतेबाट संचालनमा आउन लागेको यो हलमा चलचित्र ‘हवल्दार सुन्तली’ प्रदर्शनमा आउने भउको छ ।

खोटाङ्गे दर्शकहरुको मनोरञ्जनको आवश्यकतालाई मध्यनजर गर्दै नियमीत चलचित्र प्रदर्शन गर्ने तयारी गरिएको छ । हललाई चलचित्र लेखक प्रकाश पुरीको नेतृत्वमा नयाँ समुहले सञ्चालन गर्ने भएको हो ।

नेपाली चलचित्रको बजार बिस्तारमा सहयोग गर्ने र खोटाङ्गमा पनी चलचित्र हेर्ने वातावरणको श्रृजना गराउने मुख्य उद्देश्यले हल सञ्चालनमा ल्याइएको लेखक पुरीले बताए । ३०० सीट क्षमता भएको उक्त हललाई पहाडी ईलाकाकै सबै भन्दा ठुलो र व्यवस्थित हल मानीन्छ ।

उक्त हलमा नयाँ बर्षको अवसर पारेर यही बैशाख १ गते देखि छविराज ओझाको निर्माण र ऋषी लामीछानेको निर्देशन रहेको चलचित्र ‘हवल्दार सुन्तली’बाट प्रदर्शन सुरु गरिने भएको छ । हल संचालनको पहिलो दिन चलचित्रका कलाकार पनि उपस्थिती हुनेछन् । बन्द हल खुल्दा यसले नेपाली चलचित्र र चलचित्रप्रेमीलाई नै फाइदा पुग्नेछ ।