ठमेलको एउटा होटलमा मैले स्कूटीकै चाहनामा पहिलो पटक शरीर परपुरूषलाई सुम्पिएँ

0 8

राजधानीको सुविधा सम्पन्न परिवारमा जन्मे हुर्किएकी मैले कुनै कुराको अभाव व्यहोर्नु परेको त थिएन । माध्यामिक तहको पढाईसम्ममा म अव्वलनै विद्यार्थी थिएँ । ट्युसन, स्कूलको पढाईले अन्य कुरामा ध्यान जाने फुर्सदै हुँदैन थियो । माध्यामिक स्कूलसम्म मेरा कम मात्र मन मिल्ने साथी थिए । घर नजिकै विद्यालय भएकाले पढाईको चापका कारण अन्त मन डुलाउने, साथीसंगी बनाउने फुर्सद पनि भएन ।
मैले प्रवेशिका परीक्षा विशिष्ट श्रेणीमा उतीर्ण गरेँ । प्रवेशिका परीक्षा उतीर्णसँगै म थोरै फुकूवा पनि भएँ । साइन्स पढ्ने रहर हुँदा हुँदै पनि परिवारका दवावका कारण म व्यवस्थापन संकाय पढ्न बाध्य भएँ । स्कूलको फलामे अनुशासनबाट एकैचोटी बाहिर आएकी मलाई कलेजको अनुशासनको सीमा निकै फराकिलो लाग्दैथियो । स्कूलमा नजिकैको परिवेशका साथीहरूकोमात्र संगत पाएकी मैले कलेजमा भने टाढा–टाढाका साथीहरूको संगत गर्ने मौका पाएँ । त्यसमध्ये त अधिकांश राजधानी बाहिरकै थिए । राजधानी बाहिरका पनि हुने खानेका छोराछोरी पढ्ने कलेज भएका कारण अधिकांश होस्टलमा बसेर पढ्ने खाले थिए ।
उनीहरूको लवाई खवाई निकै भड्किलो प्रकृतिका थिए । राजधानीको स्थायी बासिन्दा भएपनि मेरो परिवारले मलाई उनीहरु जति खर्च नगरेको भान हुन्थ्यो मलाई । उनीहरू प्रत्येक शनिबार नयाँ नयाँ ठाउँ जाउँ भन्थे । विदा या अन्य छुट्टिका दिन पनि उनीहरू कुनै ठाउँ पुगेकै हुन्थे । व्वायफ्रेण्ड, गर्लफ्रेण्ड त प्रायः सवैका थिए । ११ कक्षाको तीन/चार महिना नवित्दै मेरो पढाई डामाडोल हुन थाल्यो । फ्रस्र्ट टर्म एक्जाममै कमजोर नतीजा आएको थियो । तर हामीले समयमा फी बुझाउने भएका कारण कलेजले अनावश्यक कम्प्लेन गरेर दुःख दिँदैनथ्यो । त्यसकारण मेरो पढाई बिग्रिएको कुरा घरमा थाहा हुने कुरै भएन र कलेज सुरू भए देखि नै घरमा मैले आफूलाई स्कूटी चाहिएको कुरा बताएको थिएँ । तर, घरपरिवारले वेला भएको छैन भन्दै मेरो कुरामा खासै ध्यान दिएका थिएनन् । मलाई भने आफूसँग स्कूटी नहुँदा साथीसंगीसँग घुम्न जान तथा कलेजै आवत जावत गर्न पनि अप्ठ्यारो भइरहेको थियो ।
मेरो एक जना मन मिल्ने साथी थिई मोनिका (नाम परिवर्तन) । उसको घर विराटनगर हो । उसका बुबा व्रिटिस लाउरे भन्थी । कलेज गएकै दिनदेखि उसँग मेरो घनिष्टता बढेको थियो । उसँग मैले प्रायः सवै कुरा सेयर गर्दथेँ । मलाई स्कूटी आवश्यकता परेको पनि उसैलाई सुनाएकी थिएँ । ऊ अरु साथीभाइ भन्दा बढी नै तडक भडक गर्दथी । बजारमा नयाँ नयाँ मोवाइलका ब्राण्ड आउने बित्तिकै उसलाई नयाँ मोवाइल चाहिहाल्थ्यो । होस्टलमा बस्ने भए पनि उसलाई पनि उसका परिवारले अड्कलेर मात्रै पैसा पठाउँथ्यो । तर पनि उसको हाऊ भाऊ र भड्किलो व्यवहारले मलाई अचम्मित बनाएको थियो । हप्तैपिच्छे रेष्टुरेन्ट जाने, फेरि फेरि कपडा लगाउनु पर्ने उसको वानीलाई कहाँको स्रोतले पूर्ति गरिरहेको थियो त्यसबारे म अनभिज्ञ थिएँ । उसले कतिपल्ट मलाई पनि रेष्टुरेन्ट लगेकी थिई । यता ११ को फाइनल परीक्षा नजिँकिँदै थियो उता आफ्नो दिमाखमा स्कूटीको चाहना सवार भइरहेको थियो । आफूले भनेको माग पुरा नगरिदिएकोले घर परिवारलाई देखाउनकै लागि भएपनि मैले जसरी पनि स्कूटी किन्नै पर्ने भएको थियो । एक दिनको कुरा हो, मलाई कलेज छुट्टि भएपछि मोनिकाले बागबजार घुम्न जाउँ भनी । मैले पनि घर परिवारसँग कुरा मिलाएर उसँग घुम्न जानका लागि राजी भएँ । त्यस पछि हामी बागबजार पुग्यौँ ।
त्यहाँ दुई जना मानिसहरू थिए । हेर्दा अत्यन्त धनीमानी जस्ता देखिने ति मानिसहरूलाई देख्ने वित्तिकै मोनिकाले हात हल्लाई । तत्तकालै उनीहरूले हामीलाई आफ्नै कारमा राखेर ठमेलको एउटा होटलमा पुर्याए । होटलमा मलाई खानेकुरा अर्डर गरेर उनीहरू एकछिन् वेपत्ता भए । त्यहाँ उनीहरू करिव ३० मिनेट हराए । ३० मिनेट पछि मोनिका मात्र आई उनीहरू आएनन् । मोनिकाले मलाई यस्तो प्रस्ताव राखी त्यो सुन्दा म सुरूमा त छाँगोबाट खसेको जस्तै भएँ । पछि मलाई मोनिकाले सम्झाई र आफू पनि करिव तीन महिना अघि देखिनै त्यस्तो काममा लागिसकेको बताई । त्यो सुन्दा मलाई झन् विश्वास मान्न गाह्रो भयो । पछि उसले कसैले थाहा नपाउने र तिम्रो स्कूटी किन्ने चाहना पनि पुरा हुने बताएपछि म उसको कुरामा राजी भएँ । भोलि त्यही ठाउँमा भेट्ने भन्दै म उबाट छुट्टिएर आफ्नो घरमा आएँ । घरमा आउँदा पनि हलुका भएको थिएन । मथिङ्गलमा के–के कुरा आइ रहे । एक मनले सोच्थ्यो, धत् त्यस्तो काम पनि गर्छन्, अर्को मनले भन्थ्यो मोनिकालाई हेर ऊ अरू भन्दा कति भिन्न छे, उसको लवाई खवाई र भड्किलो खर्च गराईको कसले मात्र तारिफ गर्दैन ? अर्को मनले नै जित्यो । त्यसपछि मैले घरमा जागिर मिलेको र भोलिबाट काममा जानुपर्ने भनेर ढाँटे । परिवारले पनि कहाँ काम मिल्यो, काम कस्तो, खासै सोधिखोजि गरेनन् । त्यसपछि म झनै फुक्का भए । भोलिपल्ट हामी उनीहरूले भनेकै ठाउँमा पुग्यौँ । त्यहाँ हिजै भेटेका मानिसहरू थिए ।

यसरी ठमेलको एउटा होटलमा मैले स्कूटीकै चाहनामा पहिलो पटक शरीर परपुरूषलाई सुम्पिएँ । जवानी विसाएँ । कुमारित्व तोडेँ । उनीहरूले त्यस्तै २० हजार दिए । तर, मेरो हातमा १० हजार मात्र पर्यो आधा पैसा मोनिकाले नै लिई । अहिले सम्झँदा पनि निकै रुन लाग्छ । मन भक्कानिएर आउँछ । त्यो वाध्यता थियो या रहर मैले केही सोच्न सकेको छैन । त्यस दिन म राति अवेर घर पुगेको थिएँ, मन बेचैन बनाएर । परिवारले कामको पहिलो दिन भनेर खासै वास्ता गरेनन् । त्यसपछि मेरे दैनिकीमा एकाएक परिवर्तन आयो । घरमा ट्राभल अफिसमा काम गर्ने, ठमेलमा कार्यालय रहेको भनेर ढाँटेकी थिएँ । त्यसैले ठमेल तिर कसैले देख्दा मलाई आपत्ति हुँदैनथ्यो । बुबाको सरकारी जागिर, दाजु उपत्यका बाहिर र आमा घरमै व्यस्त हुने हुनाले ममाथि निगरानी राख्ने कोही थिएन । म विहानै कलेज जान्थे र हप्तामा एक दिन त्यस्तो ग्राहककोमा जान्थेँ । साथी मोनिका नै थिई । ग्राहक खोज्ने काम मोनिकाकै थियो । केही पुराना केही नयाँ तर एकदम पैसापाल थिए हाम्रा ग्राहक । कति त रातै विताऔँ भन्दथे तर पनि घरपरिवारले थाहा पाउने भयले म रातै चाँही विताउन्न थिएँ । मोनिका भने धेरै जसो ग्राहकसँग रातै विताउँथी । म हप्ताको सात देखि १० हजार सम्म कमाउने थालिसकेको थिएँ । त्यस्तैमा ११ को बोर्ड एक्जाम पनि दिएँ । परीक्षा राम्रो हुने कुरै भएन । त्यसको दुई महिना पछि स्कूटी पनि किनेँ । जीवनको महत्वपूर्ण चाह त पुरा भयो तर म अर्कै दलदलमा फसिसकेको थिएँ । कक्षा ११को परीक्षामा राम्रो नतिजा आएन, तर फेलै पनि भइनँ । काम गर्न थालेकोले बिग्रियो होला भनेर परिवारले पनि खासै चिन्ता लिएनन् । र, म नचाँहदा नँचाहदै त्यस्तो दलदलमा फस्न पुगेँ ।
हामी प्रायः उच्च घरानाका व्यक्तिहरूकै सम्पर्कमा हुन्थ्यौँ र प्रायः एउटै होटल जान्थ्यौँ । त्यसमध्ये हाम्रो अधिकांश नियमित ग्राहक थिए । त्यसैले हामीलाई कसैले शंका गर्दैनथे । हामीसँग यौनकर्म गर्न आउने ग्राहकहरू व्यापारिक घरानाका थिए । उनीहरूले हामीलाई मनग्ये पैसा दिन्थे । सुरूमा मोनिकाले नै चिनजान गराएकी भएपनि पछि उनीहरूले सिधै मसँग सम्पर्क गर्न थाले । उनीहरू प्राय नयाँ नयाँ युवतीसँग सम्पर्क राख्न चाहने हुनाले ति युवती खोज्ने जिम्माचाँही मोनिकाले नै लिएकी थिई । उसले हाम्रै कलेज पढ्ने अरू दुई युवतीलाई पनि उनीहरूसँग भेट गराएकी थिई ।

सुरूमा नचाँहदा नचाँहदै त्यस्तो काममा लागेता पनि अहिले घरपरिवार र समाजले थाहा पाउने चिन्ताले पेशाबाट बाहिर फर्कने मन छ, तर पनि त्यही अनुसारको खर्च गर्नेबानी परिसकेकाले त्यो पेशाबाट फर्किहाल्ने अवस्था बनेको छैन । अर्को तर्फ मनग्ये पैसा कमाइने र समाज परिवर्तनशील र यौनमा उदार बन्दै गएकाले यहि पेशा सहज हुन्छ जस्तो पनि लागेको छ । ग्राहकहरू आफ्नो यौनजीवन र स्वास्थ्यप्रति आफैँ सचेत हुनाले त्यस्तो सम्बन्ध सुरक्षितै पनि छ ।

समाज बढी उपभोक्ताबादीबन्दै गएकाले आवश्यकता पूर्तिका लागि युप्रै प्लस टू व्याचलर पढ्दै गरेका युवतीहरू पनि यस्तो कार्यमा लागेका हामीले पाएका छौँ । नयाँ नयाँ मोवाइल, स्कूटी र भड्किलो जीवनशैलीको चाहको कारण उनीहरूलाई घर परिवारले दिएको पैसाले मात्रै धान्न सक्ने अवस्था छैन । परिवारको खर्चले नपुगे पछि उनीहरू हाम्रै जस्तो पेशामा आइपुगेका छन् । उनीहरूको ग्राहक पनि हाम्रा जस्तै पैसावालाहरू छन् । धेरै जसो उपत्यका बाहिरका र कोठा भाडा लिएर बस्नेहरू छन् । केही होस्टलमा बसेर पढ्नेहरू पनि त्यस्तो कार्यमा लागेको मैले भेटेको छु । त्यस्ता थुप्रै युवती धुम्रपान मध्यपान गर्दछन् । तर म भने रक्सी, चुरोट केही खान्न । वाइन सम्म लिएकी छु । र मेरा ग्राहकहरू पनि त्यस्ता छैनन् ।

(समिक्षा केसी (नाम परिवर्तन)सँग कुराकानीमा आधारित)
प्रस्तुतिः रामनाथा खनाल, सम्बन्धित डाटा: स्रोत: नेपालपाटी

source : DCNEPAL