जब एक हुल जुंगेमुठे तन्नेरी महिलाको सारी लगाएर बजार घुम्न थाले…

0 19
 464  36

 0

jents wairing leadies dress (5)

मुम्बई । रातको समयमा जब मुम्बईका सडकमा करिव १५ जना जुंगेमुठे नौजवानहरु सारी, कुर्ता र ब्लाउजमा देखिए, तब सवै चकित परे ।

ट्याक्सी र अटो ड्राइभरहरु यी अनौठा मानिसलाई ध्यान दिएर हेरे ।

महिला पहिरनमा मुम्बईको सडकमा घुमिहिडेका यी मानिसहरु कुनै नाटक मण्डलीका सदस्य होइनन्, न त समलिंगी समूहका नै हुन् । उनीहरु मध्ये केहीले साडी लगाएका छन् भने केही कुर्तासुरुवालमा । केहीले महिलाले लगाउने जस्तै ढाड देखिने पहिरन पनि लगाएका छन् ।

वास्तवमा यो समूह कुनै आवेशमा आएर यसरी दुनियाँलाई चकित पार्न हिडेको हैनन् । उनीहरु एउट गहिरो सन्देश सवैको दिमाग दर्ज गर्न चाहन्छन् ।

यी अभियन्ताको सन्देशको मर्म हो- महिला होस् वा पुरुष पुनै पनि मानिसले आफुले मन परेको पहिरन लगाउने स्वतन्त्रता हुन्छ ।

हृवाइ लाइटर नामक संस्थाले विरोधको नयाँ शैली अपनाएको हो । हृवाइ लाइटर सुरु गर्ने नेहा सिंहले सार्वजनिक स्थानमा पुरुषहरु जस्तै महिलाहरु प्नि हिडडुल गर्न सकुन भन्ने उद्देश्यले यो विरोध कार्यक्रम गरिएको बताएका छन् ।

jents wairing leadies dress (2)

नेहाका अनुुसार समाजमा आम धारणा छ कि महिलाले भडकिलो पहिरन लगाएकै कारण उनीहरु बलात्कारका सिकार हुने गरेका छन् । तर, विभिन्न अध्ययनहरुले यसलाई गलत प्रमाणित गरिसकेको छ ।

मुम्बईमा भएको प्रदर्शन हालै मात्र टर्कीमा भएको प्रदर्शनबाट प्ररित रहेको उनले बताए ।

टर्कीमा एक युवतीले बलत्कारीलाई रोक्न खोज्दा हत्या भएको थियो । त्यसको विरोधमा पुरुषहरुले महिलाको कपडा लगाएर प्रदर्शन गरेका थिए ।

रातो र निलो कुर्ता सुरुवालमा रहेका अजितेश गुप्ता यसरी विरोध गर्न पाउनु अबसर भएको बताउँछन् । उनले भने-‘थाहा छैन महिला र पुरुषको कपडा किन फरक भयो । म त यस्तो कपडा अब घरमा पनि लगाउन चाहन्छु ।’

jents wairing leadies dress (1)

jents wairing leadies dress (3)