अमेरिकी संसदमा नेपाली पोसाकलाई सून्य भन्सार प्रस्ताव

0 26

२७ चैत, काठमाडौ । अमेरिकी सिनेटर डायन फाइन्स्टाइनले नेपाली तयारी पोसाकलाई ड्युटी फ्रि (सून्य भन्सार) को सुविधा दिन अमेरिकी कांग्रेसमा प्रस्ताव गरेकी छन् ।

उनले यस सम्बध्नी निजिी विधेयके पुस तेस्रो साता कंग्रेसमा पेश गरेकी हुन् ।

यो विधेयक पारित गराउन नेपालले कूटनीतिक पहल तीब्र पार्नुपर्ने सरोकारवालाहरु बताउछन् ।

सरकारले गम्भीरतापूर्वक पहल गरे विधेयक पारित हुने सम्भावना रहेको दावी उनीहरुको छ, कारोबार दैनिकमा खबर छ ।

हाल अमेरिकाका लागि राजदूतसमेत नियुक्त भइसकेकाले कुटनीतिक पहल तीब्र पारिनुपर्ने ब्यवसायीको माग छ ।

क्यालीफोर्निया राज्यकी सिनेटर डायनले यसअघि पनि यस्तै विधेयक पेश गरेकी थिइन् ।