सेनाले पूर्वसैनिकलाई साढे चार अर्ब लगानी गर्ने

0 11

अनुदानमा ल्याइएका जहाजको समस्यामा गम्भीर नभएपछि थप चार वटा जहाज नल्याउने निगमले चेतावनी दिएको छ।

निगमले औंल्याएका समस्यामा सुधार ल्याउन विक्रेता एभिक इन्टरनेसनललाई आग्रह गरेको हो। अनुदानमा ल्याइएका दुवै जहाजबाट व्यापार सुधार्न नसकेपछि थुप्रै पटक विक्रेता एभिकलाई निगमले गुहारेको थियो। यही सिलसिलालाई निरन्तरता दिँदै निगमले फेरि बुधबार एभिकलाई अर्को पत्र पठाएको कान्तिपुर दैनिकमा खबर छ।

पहिलेको मागको सुनुवाई नभएकाले यो पटक एभिकलाई कडा पत्र लेखेर पठाएको निगमको उच्च स्रोतले बताएको छ। आफुहरुले औंल्याएका कमजोरी सुधार नगरे बाँकी चार वटा विमान चलाउन नसक्ने उसको भनाई छ।