ट्याक्सीसंग जलेको उनको मन (भिडियो सहित)

0 11

काठमाण्डौ ।  बन्दको क्रममा सदैव निशानमा पर्ने गरेको सडक र सवारी साधनमाथि यसपटक पनि त्यो श्रृंखला कायम रहयो । तर यसपटकको निशानमा यस्तो व्यक्ति परे जस्को साँझ विहान टार्न ट्याक्सी नचलाई सम्भव थिएन् । दर्जनौ दुःखको भारी ट्याक्सीको सहारामा विसाउदै आएका उनको गाँसको आधार त्यही ट्याक्सी पनि जलाइयो । ट्याक्सी जलेपछि जलेको मन र गरुंगो ऋणको बोझ बोकेर सडकमा हिड्न बाध्य बनाइएका छन् निरज बाँनिया । चैत २४ गते विहान झिसमिसेका काठमाडौको बालकुमारीमा मकवानपुर मनहरा स्थायी घर भई हाल ललितपुर नक्खीपोट बस्दै आएका निरज बानियाको ट्याक्सी निशानामा प¥यो । चारजनाको परिवारको छाक यही ट्याक्सीमार्फत टार्दै आएका आएका निरज आप्mनो एकमात्र सहारा चुडिएपछि यतिखेर भावविव्ह्ल बनेका छन् । ट्याक्सीसंग जलेको उनको मन यति हतासिएको छ कि अब अगाडि कसरी बढ्ने भन्ने प्रश्नमा आफै रुमल्लिरहेका छन् । एकीकृत नेकपा माओवादीको नेतृत्वको ३० दलीय मोर्चाले गरेको आम हड्तालको दौरानमा शिकार बनाइएको उनको ट्याक्सी र उनको अवस्था बारे सर्वहारावर्गको नेतृत्व गर्ने एकीकृत माओवादी अहिलेसम्म मौन छ । विमानस्थलमा यात्रु पु¥याएर फर्कदै गर्दा केही ब्यक्तिले बिरामी पाटन हस्पिटल पुर्याउने बहाना गरी ट्याक्सी रोकेर पेट्रोल छर्की ट्याक्सिमा आगजनी गरे र हेर्दाहेर्दै केही क्षणमै पेटको जोहो गर्ने ट्याक्सी खरानी बन्दा सर्वस्व लुटिएको महसुस गरेका निरज यतिखेर निराश छन् । ट्याक्सी चलाएरै दिन गुजारा गरिरहेका निरज बानियाँका छोरीको विद्यालय भर्ना गर्नुपर्ने र छोरा अभिषेक बानियाँ कक्षा एघारमा अध्ययनरत छन् र अब केही समयमै बोर्ड एक्जाम आउँदै छ र कलेजको शुल्क बुझाउन पर्ने बाध्यता छ उनमा । ट्याक्सी त जलाईयो जलाईयो,त्यो माथि ट्याक्सि किन्दाको क्रृण तिर्नु पर्ने अर्काे ठूलो भार छ उनमा । रोजगारीको लागी बिदेशीएका बानिया अब देशमै आफ्नो श्रम र सिप लगाउने उत्साहका साथ नेपालमै मेहनत गर्दै आएका थिए । कसैको पनि गर्न र खान पाउने अधिकार कुण्ठित पारिनु हुन्न । निरज यतिखेर दर्जनौ समस्या टार्ने एउटा आधार गुमेपछि पीडाको पोखरीमा छन् , उनलाई पोखरीबाट उतार्न यतिखेर सहयोगी मन भएका नेपालीहरु लागिपरेका छन् । जुन स्वागतयोग्य पक्ष हो ।