महिनादिनको भयो नाक नभएको बच्चा , विश्वमा केबल ३८ जना छन् यस्ता मानिस (भिडियोसहित)

0 13

के तपाइँले कहिल्यै यस्तो बच्चा देख्नुभएको छ जसको जन्मिँदै नाक छैन । यदि देख्नुभएको छैन भने हेर्नुस् । अमेरिकाको अलाबाबा प्रान्तमा एक महिनाअघि जन्मिएको एक बच्चाको जन्मजात नाक नै छैन ।

एली थम्पसन नामको त्यो बालकको जन्म मार्च ४ तारेखमा भएको हा । उनको नाकको बाहिरी आकार मात्र होइन भित्री भाग समेत बनेको छैन ।

कम्प्िलट कन्जेनिटल आर्हिनिया भनिने यो दुर्लभ जन्मजात समस्या विश्वमा २० करोड जनामा एक जनामा हुने वैज्ञानिकहरु बताउँछन् । अहिले विश्वमा नाक नै नभै जन्मिएका ३८ जना मानिसहरु मात्र छन् ।

एलीकी आमा ब्रान्डी म्याक्ग्लाथेरी आफ्नो छोराको नाक नै नभएको कुरा डाक्टरहरुले सुरुमा सुनाउँदा आफु मर्माहत भएको र निकै निरास बनेको बताउँछिन् ।

त्यसपछि उक्त बच्चालाई अलाबामाको मोबाइलस्थित बाल तथा महिला अस्पतालमा लगियो । जहाँ डाक्टरहरुले शल्यक्रिया गरी स्वास फेर्नका लागि नली राखिदिए । जसका कारण उसले स्वास फेर्न नरोकिइकन खानेकुरा खान सकोस् ।
उसलाई केही महिनापछि पुनः शल्यक्रिया गरेर डाक्टरहरुले नाकको क्षेत्रबाट स्वास फेर्नका लागि प्वाल खुल्ला गराइदिनेछन् र त्यसका साथै मुखाकृतिलाई सामान्य अवस्थामा ल्याउन अन्य केही उपचार समेत गरिनेछ ।
तर छोरा निकै हिस्सी परेको राम्रो मुखाकृतिको भएको भन्दै बच्चाका परिवारले भने अन्य अनावश्यक शल्यक्रिया गर्न नदिने बताएका छन् ।