हेर्नुस् : २०० सिसीको नयाँ मोडलको पल्सर बाइक

0 16

एजेन्सी / बजाज अटोले २०० सिसी क्षमताको पल्सर आरएस बजारमा उतारेको केही समयपछि नै कम्पनीले पल्सर रेन्जमा अर्को नयाँ मोडलको रुपमा २०० सिसीको एडभेन्चर स्पोर्ट (एएस) बाइक १४ अप्रिलमा सार्वजनिक गर्ने तयारी गरेको छ।

भारतलगायत विभिन्न मुलुकमा एकै साथ बजारमा ल्याउने तयारी गरिएको उक्त बाइक पल्सर एनएसमा आधारित हुने कम्पनीले जनाएको छ।

यो बाइक इन्डोनेसिया लागायतका अन्य मुलुकमा पनि सार्जनिक गरिने तयरी रहेको कम्पनीले बताएको छ। उक्त बाइकलाई जनवरी २०१५ मा इन्डोनेसियामा पहिलो पटक प्रर्दशन गरिएको थियो।

कम मूल्यमा एडभेन्चर स्पोर्ट बाइकको खरिद गर्न चाहने ग्राहकलाई लक्षित गरेर उक्त बाइक ल्याइएको बजाजले बताएको छ ।