सप्तरीमा भिषण आगलागी, १६५ घर गोठ जले

0 22

२६ चैत, काठमाडौं । सप्तरीको रामपुर मलहनियाँ ५ मा भिषण आगलागी भएको छ । अगलागीमा परी बडा नम्बर पाँचका अधिंकाश घर जलेर नष्ट भएको छ ।

स्थानीय दशरथ यादवको घरबाट सुरु भएको आगलागीबाट ६५ परिवारको एक सय ६५ घर टहरा जलेर नष्ट भएको छ ।

दिउँसो २ बजेबाट सुरु भएको आगो इटहरी र राजविराजबाट आएको दमकलको सहयोगमा साँझ ५ बजे मात्र नियन्त्रणमा लिइएको थियो । आगो निभाउन नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाल आर्मीका साथै स्थानीय पनि जुटेका थिए ।

आगलागीबाट ५ करोडको क्षति भएको प्रारम्भीक अनुमान छ । आगलागीमा परी केही चौपायको मृत्यु भएको छ । धेरैले आफ्नो लत्ताकपडा समेत निकाल्न पाएनन् ।

आगलागीबाट घर गोठ जलेपछि ६५ परिवार विचल्लीमा परेका छन् । उनीहरु आफन्त र छिमेकीको शरणमा छन् ।