रानीबारी हत्याकाण्डका अभियुक्त मनराज र प्रमेशलाई थुनामा राख्न आदेश

0 17

२६ चैत, काठमाडौं । जिल्ला अदालत काठमाडौंले रानीबारी हत्या काण्डका अभियुक्त मनराज गुरुङ र प्रमेश चौहानलाई पुर्वक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

न्यायाधीश राजेशकुमार काफ्लेको इजलासले प्राप्त प्रमाणका आधारमा कसुरदार देखिएको भन्दै थुनामा राख्न आदेश दिएको हो । ‘पछि ठहर भएबमोजित हुने गरी पूर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ’ रजिष्टार श्रीप्रसाद सञ्जलले भने-‘केन्द्रीय कारागार चलान गरिएको छ ।’

रानीबारी हत्याकाण्ड भएको १२ वर्षपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मनराज गुरुङ र प्रमेश चौहानलाई पक्राउ गरेको थियो ।

उनीहरूलार्इ बुधबार अदालतमा उपस्थित गराइएको थियो । सरकारी वकिलले दुबैलार्इ जन्दकैदको माग गरेका छन् ।

हत्याका मुख्य योजनाकार भने अझै फरार छन् । मुख्य अपराधीको पहिचान भइसकेको तर, हाल बेलायतमा रहेकाले पक्राउ पर्न नसकेको बताएको छ ।

काठमाडौंको रानीबारीमा इन्जिनियर हेमन्त श्रेष्ठ र उनकी पत्नी अञ्जली श्रेष्ठको ०५९ असार ३१ गते खुकुरी प्रहार गरी हत्या भएको थियो ।