मेलम्चीको ठेकेदार काममा ढिलाइ गरी सरकारसँग बागर्नेनिङ गर्दै

0 22

Melamchi

२६ चैत, काठमाडौ । सुरुङ खन्ने ठेकेदार इटालियन को-अपराटिभा मुरातोरी एण्ड केमेन्टेस्टी (सीएमसी) ले काममा ढिलाइ गर्दै ठेक्का सम्झौताविपरीत थप रकम मागेर मेलम्ची खानेपानी विकास समितिसँग बार्गेनिङ गर्न थालेको छ । तत्काल थप भुक्तानी नगरे आयोजनाको कामै गर्न नसक्ने र कुनै पनि बेला काम बन्द हुने भन्दै बार्गेनिङ गरिरहेको छ ।

सीएमसीले परामर्शदाता पोरी इनफ्रायजीलाई पत्राचार गरी थप रकमका लागि सिफारिस गरिदिन अनुरोध गरेको छ । काम सम्पन्न नभई रकम मागेको भन्दै परामर्शदाताले उसको आग्रह स्वीकार गरिदिएको छ । परामर्शदाताले नै थप भुक्तानी गर्न नसक्ने बताएपछि समिति र सीएमसीबीच विवाद चर्किएको कारोबार दैनिकमा खबर छ ।

थप रकम दिलाउन स्थानीय एजेन्टहरुसमेत लागिपरेको आयोजना स्रोतले बताएको छ ।
ठेकेदारलाई १ अर्ब ५५ करोड रुपैयाँ परिचालन पेस्की र यसबाहेक थप ८७ करोड रुपैयाँ गरी हालसम्म गरिब साढे २ अर्ब रुपैयाँ भुक्तानी गरिसकिएको समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले बताए ।

समितिबाट पेश्कीसहित ३२ प्रतिशत रकम लिइसके पनि सीएमसीले आयोजनाको २० प्रतिशतमात्र काम सम्पन्न गरेको भट्टराईले बताए ।