यार्चा टिप्न अब परिचयपत्र अनिवार्य

0 14

२६ चैत, काठमाडौं ।

वन मन्त्रालयले यो वर्षदेखि यार्चागुम्बु संकलन गर्न जानेहरूलाई परिचयपत्र अनिवार्य गर्ने भएको छ । मन्त्रालयले नागरिकता लिएका व्यक्तिलाई मात्रै उक्त परिचयपत्र दिनेगरी तयारी थालेको छ ।

यार्चागुम्बु संकलन गर्ने क्षेत्र (पाटन) मा भीड हुँदा स्थानीय र अन्य क्षेत्रका बासिन्दाबीच झगडा र लुटपाट बढेपछि नियन्त्रण गर्न मन्त्रालयले परिचयपत्र अनिवार्य गर्न लागेको हो ।

वन मन्त्रालयका निमित्त सचिव विश्वनाथ ओलीका अनुसार तत्काल प्रक्रिया अघि बढाइनेछ । मन्त्रालयले यार्चा संकलन हुने हिमाली जिल्लाहरूको वन कार्यालय र निकुञ्ज कार्यालयमार्फत परिचयपत्र बाँड्नेछ ।

yarsagumba

यार्चा संकलन सुरु हुनुभन्दा १५ दिनअघि नै सम्बद्ध वन कार्यालय र निकुञ्ज कार्यालयले परिचयपत्र लिन आहवान गर्नेछ । जेठदेखि असारसम्म यार्चा संकलन हुन्छ । डोल्पा, मुगु, डोल्पा, जुम्ला, बझाङ, दार्चुला, रुकुम, म्याग्दी, मुस्ताङ, मनाङलगायतका जिल्लामा यार्चा संकलकको भीड लाग्छ । डोल्पाको यार्चा उत्कृष्ट र महँगो हुने भएकाले सबैभन्दा बढ्ता भीड त्यहाँका पाटनमा लाग्छ । गत वर्ष डोल्पामा ३२ जिल्लाका संकलक पुगेका थिए । आजको कान्तिपुरमा खबर छ ।