चीनका गाउँमा दर्जनौं नेपाली युवतीको बिचल्ली

0 11

२६ चैत, काठमाडौं ।

विवाह गरेर चीनको दुर्गम गाउँ पुगेका नेपाली युवतीले आफूहरु बेचिएको भन्दै उद्दारका लागि आग्रह गरेका छन् । चीनको उत्तर–पूर्वी प्रान्त हार्विनको दुर्गम गाउँमा पुगेका १८ युवतीले आफूहरुलाई यौनदासका रुपमा राखिएको बताएका हुन् ।
केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) की एसपी किरण बज्राचार्यका अनुसार पीडित युवतीले दुःख पाएको भन्दै उद्दारका लागि फोनमार्फत आग्रह गरेका छन् । यसबारे परराष्ट्र मन्त्रालयलाई जानकारी दिइसकिएको बज्राचार्यले बताइन् ।
काठमाडौंका म्यारिज ब्युरोमार्फत चिनियाँ पुरुषसँग विवाह गरेर नेपाली युवती चीनका विभिन्न गाउँमा पुगेका छन् । महिनामा एक लाखभन्दा धेरै कमाई हुने र विवाह गर्ने युवक धनी भएको भन्दै झुक्याएर बिहे गरी नेपाली युवतीलाई चीनमा पुर्याएका छन । आजको नयाँ पत्रिकामा खबर छ ।