इब्राहिमोभिचको ह्याट्रिकसँगै पीएसजी फाइनलमा

0 22

२६ चैत, काठमाडौं । जाल्टन इब्राहिमोभिचको ह्याट्रिकको मदतमा बलियो प्रतिद्वन्द्वी मार्सेलीलाई पराजित गर्दै पेरिस सेन्ट जर्मेन फ्रान्स कपको फाइनलमा पुगेको छ ।
बुधबार राति भएको सेमिफाइनल भिडन्तमा पीएसजीले मार्सेलीलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।
खेलमा पीएसजीले २१ औं मिनेटमा इब्राहिमोभिचको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । यससँगै फ्रान्सेली लिग वानमा इब्राहिमोभिचले १०० गोल समेत पुरा गरे ।
तर, पाँच मिनेटपछि नै हाम्युमाले बराबरी गोल फर्काए । पहिलो हाफ एक–एकको बराबरीमा सकियो ।
६० औं मिनेटमा लाभाजीले गोल गरे । ८१ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका इब्राहिमोभिचले अन्तिम मिनेटमा ह्याट्रिक पुरा गरे ।
इब्राहिमोभिचले पेरिस सेन्ट जर्मेनका लागि १०२ गोल गरेका छन् र उनी पीएसीको दोस्रो सर्वाधिक गोलकर्ता हुन् । पाउलेटाले १०९ गोल गरेका छन् ।