५३ सभासदले अझै बुझाएनन् सम्पत्ति विवरण, कारबाही पाँच हजारमात्रै

0 14

२६ चैत, काठमाडौ । संविधानसभा सदस्यमा निर्वाचित विभिन्न ५३ जना सभासदले अझै सम्पत्ति विवरण बुझाएका छैनन् । सार्वजनिक पद धारण गरेको ब्यक्तिले निश्चित अवधिभित्रमा आफू र आफ्ना नातेदारको सम्पत्ति विवरण बुझाउनुपर्ने कानूनी ब्यवस्था भए पनि सभासद्हरुले नै विवरण नबुझाई कानूनलाई चुनौती दिएका छन् ।
सभासदसँगै १४ जना मन्त्रीलेसमेत तोकिएको समयमा सम्पत्ति विवरण नबुझाएको पाइएको छ । उनीहरुले निकै ढिला गरी विवरण बुझाएका थिए, राजधानी दैनिकमा खबर छ ।
तोकिएको समय भन्दा ढिलो गरी सम्पत्ति विवरण बुझाउने र विवरण नै नबुझाउनेलाई एकै खालको कारबाही हुने प्रावधान छ । विवरण नबुझाउने ती मन्त्री र सभासदहरु अब कानूनी ब्यवस्थाअनुसार कारबाहीमा पर्नेछन् । उनीहरुलाई जनही पाँच हजार रुपैयाँ जरिमाना हुने राष्ट्रिय सतर्कता केन्द्रका अधिकारीले बताए । निर्धारित समयभन्दा ढिलो गरी सम्पत्ति विवरण बुझाउने १४ जना मन्त्री र विवरण नै नबुझाउने ५३ जना सभासदले एकै प्रकारको सजाय पाउँने सतर्कता केन्द्रका एक अधिकारी बताउँछन् । उनीहरुलाई सम्पत्ति विवरणसम्बन्धी कानूनी प्रावधान पालना नगरेको आरोपमा कारबाही हुनेछ ।
भ्रष्टाचार निवारण ऐन, २०४९ को दफा ५० अनुसार सार्वजनिक पद धारण गरेको ब्यक्तिले त्यस्तो पदधारण गरेको मितिले ६० दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण तोकिएको निकायसमक्ष सार्वजनिक गर्नुपर्छ

-Source: Online Khabar