वृद्धभत्ता पाउने लोभमा सर्वस्व गुम्यो

0 13

२६ चैत, काठमाडौ । वृद्धभत्ता ल्याइदिने भन्दै एक अपरिचित ब्यक्तिले खाली कागजमा ल्याप्चे र सही गराएपछि ८२ वर्षीया एक वृद्ध ठगिएका छन् । काठमाडौ नैकाप-३ निवासी चिरकाजी मालिी तीन तीन महिनायता लाखौं रुपैयाँको ऋणी बन्न पुगी ठगिएका हुन् ।
न एक रुपैयाँ कसैसँग लिनु, न मुद्दा-मामिला गर्ने ब्यक्ति चिनजानको नै हुनु ? एक्कासी अपरिचित ब्यक्तिले २५ लाख रुपैयाँको सावाँ ब्याज दावी गर्दै न्यायलयमा हालेको मुद्दाको म्यादबारे जानकारी पाएपछि माली यो उमेरमा एकाएक ऋणी बन्नुपरेको राजधानी दैनिकमा खबर छ ।
ठगीको जालोमा परेका मालीलाई गत साउनमा स्टोभ बनाउने निहुँमा घर-घरमा पुग्ने एक ब्यक्तिले गराएको लेनदेन कागजमा चिरकाजी मालीविरुद्ध हालिएको मुद्दामा रौतहटको सिमरा भवानीपुर बस्ने सैनुल्हा साही फकिरको श्रीमती खतिजन खातुनको नाम, ठेगाना उल्लेख छ । न त खातुनले नै उनलाई चिनेकी छन् ।
माली यो उमेरसम्म काठमाडौभन्दा बाहरि गएकै थिएनन् । जीवनमै पहिलोपटक उनी रौतहट पुगे । त्याहाँ पुगेपछि मात्रै उनले थाहा पाए कि, उनलाई कति ऋण देखाएर कागज गराएको रहेछ भनेर । पीडित मालीका अनुसार १६ माघ २०६९ को मिति उल्लेख गरिएको लेनदेन कागजमा घरखर्च तथा फुटकर ऋण तिर्न २५ लाख रुपैयाँ १० प्रतिशत ब्याजको दरले २०७० जेठ मसान्तभित्र बुझाउने सर्त राखिएको छ