आमहडतालका क्रममा समातिएका कार्यकर्ता छाड्न महराको आग्रह प्रधानमन्त्रीलाई

0 15

काठमाडौं, चैत्र २५- चैत्र २४ गते मंगलबार आयोजित ३० दलिय मोर्चाको आमहडतालका क्रममा समातिएका आफ्ना नेता तथा कार्यकर्तालाई छाड्नु पर्ने माग लिएर आज एमाओवादी नेता कृष्ण बाहादुर महराले प्रधानमन्त्री सुशील कोइरालालाई भेट गरेका छन् ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर एमाओवादी दलका माहासचिव महराले प्रधानमन्त्री सुशील कोइरालालाई मंगलबार आमहडतालका क्रममा प्रहरीद्धारा समातिएका ३० दलिय मोर्चाका कार्यकर्ता तथा नेताहरुलाई अविलम्व रिहाई गरिनुपर्ने माग राखेका हुन् ।

एनेकपा माओवादी नेतृत्वमा रहेको ३० दलिय मोर्चाका कार्यकर्ताहरुले हिजो राजधानी लगायतका ठाउँमा पसल तथा सबारी साधनहरु जवरजस्ती बन्द तथा तोडफोड गर्ने क्रममा प्रहरीले समातेको थियो । काठमाडौंको कोटेश्वर, नयाँबानेश्वर, बिजुलीबजार लगायतका ठाउँमा आन्दोलनकारीले निशेधित ठाउँ पारगर्न लागेपछि प्रहरी र आन्दोलनकारीबीच झडप समेत भएको थियो । झडपमा केही आन्दोलनकारी तथा प्रहरीहरु घाइते भएका थिए ।

भीड नियन्त्रण गर्न प्रहरीले दर्जनौ सेल अश्सु ग्यास प्रहार गर्नु परेको थियो भने आन्दोलनकारीका तर्फबाट पनि ढुंगा मुढा भएको थियो ।

आन्दोलनकारीले सवारी साधन तोडफोड र निशेधित क्षेत्र पार गर्न लागेपछि भीड नियन्त्रण गर्न केही शेल अश्यु ग्यास प्रहार गरेको र दर्जन कार्यकर्तालाई नियन्त्रणमा लिएको जनाएको छ । उता ३० दलिय मोर्चाका नेताहरुले भने बन्दका क्रममा प्रहरीबाट ज्यदती भएको निश्कर्ष निकालेको छ । साथै चैत्र २४, २५, २६ गतेका लागि आयोजना गरेको आमहडतालका कार्यक्रमहरु मध्य २५ र २६ गतेको बन्द कार्यक्रम मोर्चाले स्थगित गरेको छ ।