रौतहटमा प्रहरीबाट रबरको गोली र अश्रुग्याँस प्रहार

0 16

२० चैत, गौर । सेवाकेन्द्र विस्तारको विरोधमा आन्दोलनमा उत्रिएका प्रदर्शनकारीहरुमाथि प्रहरीले रबरको गोली र अश्रुग्याँस प्रहार गरेको छ । रबरको गोली लागेर केही घाइते भएका छन् ।

विद्यानन्द यादवको टाउकोमा गोली लागेको छ । उनलाई उपचारको लागि जिल्ला अस्पताल गौरमा भर्ना गरिएको छ ।

सरकारले रौतहट सदरमुकाममा रहेका नापी, मालपोत र भूमिसुधार कार्यालय चन्द्रनिगाहपुर पनि विस्तार गर्ने निर्णय गरेको विरोधमा तीन दिनदेखि स्थानीय विरोधमा उत्रिएका छन् । उद्योग वाणिज्य संघको अगुवाईमा गौरबजार बन्द आह्वान गरिएपछि जनजीबन प्रभावित भएको छ ।

विहीबार पनि स्थानीयले विरोध प्रदर्शन गर्दा प्रहरीले लाठीचार्ज गरेको थियो । प्रहरी हस्तक्षेपको विरोधमा स्थानीयले गृहमन्त्री बामदेव गौतमको पुत्ला समेत जलाएका थिए ।

– Source : onlinekhabar